मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १२ बिहीबार १७:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ५८.९९ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार १७:o४:oo

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर दुई हजार ६६१.४४ बिन्दुमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स पनि १०.३६ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ८४ लाख ९० हजार कित्ता सेयर चार अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। आज २११ कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

आज नप्सेको १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी  ३.०१ प्रतिशत घटेको छ। त्यस्तै विकास बैंक, जलविद्युत्, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ। बाँकी व्यापार, उत्पादन तथा प्रशोधन र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै युनिभर्सल पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ५.७० प्रतिशतले गिरावट आएको छ। नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ।

कारोबार रकमका आधारमा आज २६ करोड ९७ लाख १६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको नेसनल हाइड्रोपावर शीर्ष स्थानमा छ। नेपाल टेलिकमको २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।