मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
२०७८ फाल्गुण ९ सोमबार ११:२८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल बन्दै

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ९ सोमबार ११:२८:००

जिल्लाको विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण पक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका– २ विचौरस्थित अल्काचौरको स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो ।

गाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङले स्थानीय सरकार सञ्चालन ऐनअनुसार ‘एक स्थानीय तह एक अस्पताल निर्माण गर्न थालिएको बताइन् । स्वास्थ्य सेवालाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । गाउँमा अस्पताल निर्माण गर्न थालेपछि स्थानीय उत्साहित भएको दुधपोखरी– २ का वडाध्यक्ष गोविन्द दवाडी बताउँछन् ।

अस्पताल निर्माण भएसँगै सामान्य उपचारका लागि पनि सदरमुकाम तथा जिल्लाबाहिर धाउनुपर्ने बाध्यता हट्ने वडाध्यक्ष दवाडीले बताए । अस्पताल भवन निर्माणका लागि हिम सगरमाथा र गौरीपार्वती कन्स्ट्रक्सनसँग गत असारमा सम्झौता भएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी १२ करोड ९० लाख ४९ हजार तीन सय ६९ रुपैयाँमा सम्झौता भएको थियो । अस्पतालको भवन निर्माण गत कात्तिकबाटै सुरु भइसकेको छ ।