१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ९ सोमबार o९:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार o९:oo:oo
  •  ६ महिनामा कुल ४७ अर्ब ९८ करोड आम्दानी, ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च
  • अघिल्लो वर्ष २१ अर्ब ८२ करोडको आयात गरिएकोमा चालू आवको ६ महिनामा दुई अर्ब ५८ करोडको मात्र विद्युत् आयात

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १२ अर्ब १२ करोड नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव ०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । तर, चालू आवको पहिलो ६ महिनामा नै गत वर्षभन्दा दोब्बर नाफा कमाएको हो । यससँगै सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव ०७२÷७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछि निरन्तर नाफामा छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण संस्थाले उल्लेख्य नाफा कमाएको बताए । ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो,’ उनले भने । पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएका कारण चालू आवको बाँकी अवधिमा आम्दानी केही घट्ने प्राधिकरणको प्रक्षेपण छ । ‘तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने घिसिङले बताए । 

 ६ महिनामा ४८ अर्ब आम्दानी, ३६ अर्ब खर्च 
प्राधिकरणले चालू आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी विद्युत् बिक्री र खर्च विद्युत् खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायहरूको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ । प्राधिकरणको  पँुजीकृत सम्पत्ति एक खर्ब ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति एक खर्ब ५२ अर्ब, सहायक कम्पनीहरूमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्ब एक करोड रुपैयाँ रहेको छ ।

 विद्युत् निर्यात बढ्यो आयात घट्यो
आघिल्ला वर्षहरूको तुलनामा चालू आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत् भारततर्फ निर्यात बढेको छ भने अपुग विद्युत्को आयातको परिमाण घटेको छ । गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत् भारत निर्यात भएकोमा चालू आवको ६ महिनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै त्यो परिमाण बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।

विद्युत् आयात रकम आधाले घट्ने
आव ०७७/७८ मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । तर, चालू आवको ६ महिनामा दुई अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत् आयात भएको छ । माघ–फागुनमा आयात केही बढ्ने भए तापनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब दुई सय मेगावाट विद्युत् माग बढेको छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६ सय ६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । 

 विद्युत् चुहावट १४.४५ प्रतिशतमा झर्‍यो
चालू आवको ६ महिनामा विद्युत् चुहावट १४ दशमलव ४५ प्रतिशतमा झरेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७ दशमलव १८ प्रतिशतको चुहावटलाई चालू आवको ६  महिनामा २ दशमलव ७३ प्रतिशत बिन्दुले घटाउन सफल भएको हो । प्रणालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९ दशमलव २३ प्रतिशत छ । प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

चुहावट घटेकाले आम्दानी 
बढ्दा त्यसको परिणामस्वरूप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गरे । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ । 

ad
ad
ad
ad