अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा पेस हुने भएको छ। एमसिसी र लोकसेवा आयोग विधेयक, २०७५ लाई दैनिक कार्यसूचीमा राखिएको संसद् सचिवालयले जनाएको छ। सोसँगै राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पनि संसदमा पेस हुने कार्यसूची तय भएको छ। संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ।