१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा तीन फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:२६:oo

जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले दुईजनालाई काठमाडाैं र एकजनालाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका– ७ घर भएका वर्ष २६ का पवन घर्ती, राइनास नगरपालिका– ६ घर भएका वर्ष ३६ का मनबहादुर बराल र बेँसीसहर नगरपालिका– ४ घर भएका वर्ष ३२ का सुरज गुरुङ रहेका छन् । 

पक्राउ परेका घर्तीलाई सवारी ज्यानसम्बन्धी मुद्दामा १ वर्ष २ महिना ७ दिन कैद सजाय हुने ठहर भई ०७७ पुस ५ गते सर्वोच्च अदालतले फैसला गरेको थियो भने अर्का प्रतिवादी मनबहादुर बराललाई बैंकिङ कसुर मुद्दामा ८० हजार ५ सय असुलउपर गर्न ०७६ पुस १८ गतेको उच्च अदालत पाटनको फैसलाबमोजिम पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

यस्तै, लागुऔषध मुद्दामा फरार रहेका गुरुङलाई ५ महिना ४ दिन कैद र १२ हजार जरिवाना ठहर हुने गरी ०६९ जेठ ८ गते जिल्ला अदालत कास्कीबाट मुद्दा फैसला भएको थियो । पक्राउमा परेका तीनैजनालाई बिहीबार लमजुङ जिल्ला अदालतले कैद सजाय भुक्तान गर्नका लागि कारागार चलान गरेको छ। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरी फरार प्रतिवादी पक्राउ गर्दै आएको छ । 

ad
ad