१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १४:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहाबाट १० बन्दकर्ता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:४o:oo

एमसिसीको विरोध गर्दै राजमार्ग बन्द गराउने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजारमा बन्द गराउन सडकमा उत्रिएका १० बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेस प्रदेश संयोजक तथा जिल्ला सेक्रेटरी सञ्जय सिंह, शम्भु साह, रन्जित साह, विष्णुलाल सिंह, रामकिशोर दास रहेका छन् । यस्तै, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजक राजु विश्वकर्मा, उचित महरा, भक्तबहादुर कार्कीलगायतलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

बन्दका कारण राजमार्गका विभिन्न स्थानमा रोकिएका सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा, वैज्ञानिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी र देशभक्त गणतान्त्रिक मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका हुन्।

 

ad
ad