१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २ सोमबार
  • Friday, 09 May, 2025
तस्बिर : सामाजिक सञ्जालबाट
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २ सोमबार १८:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सुटुक्क विवाह बन्धनमा बाँधिइन् अभिनेत्री रेखा थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २ सोमबार १८:५२:oo

अभिनेत्री रेखा थापा सुटुक्क विवाह बन्धनमा बाँधिएकी छिन्। केही दिनअघि काठमाडौं जिल्ला अदालत पुगेर बलराम शाहीसँग उनले कोर्ट म्यारिज गरेकी हुन्। अमेरिकामा बस्दै आएका शाहीसित उनी लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। आफूले कोर्ट म्यारिज गरे पनि अभिनेत्री थापाले उक्त कुरा सार्वजनिक गरेकी थिइनन् ।

काठमाडौं जिल्ला अदालत स्रोतले उनको विवाहबारे पुष्टि गरेको हो। अदालत स्रोतका अनुसार अभिनेत्री थापाले योजनाअनुसार कोर्ट म्यारिज गरेकी हुन्। विवाहको प्रसंग बाहिरिएसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिन थालिएको छ।

थापाले यसअघि चलचित्र निर्माता छवि ओझासँग विवाह गरेकी थिइन्। १० वर्षअघि ओझासँग डिभोर्स गरेकी थिइन्।