सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक सुरु भएको हो । बैठकमा सभामुख सापकाेटा, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू सहभागी छन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बैठकमा बोलाइएको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली भने बैठकमा उपस्थित छैनन् ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि आज सभामुखको पहलमा सर्वदलीय बैठक बसेकाे हाे ।