१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

उद्योगपति दुगडको आत्मकथा सार्वजनिक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५६:oo

 वरिष्ठ उद्यमी तथा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको आत्मकथा ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ सार्वजनिक भएको छ । आइतबार आयोजित काठमाडौंमा आयोजित एक कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला र तिलगंगा आँखा केन्द्रका संस्थापक डा. सन्दुक रुइतले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा दुगडले पारिवारिक पृष्ठभूमिदेखि नेपालमा उद्योग–व्यवसायको इतिहाससम्मका जानकारी समेटेका छन् । 

माइती नेपालकी संस्थापक कोइरालाले दुगडले पुस्तकमा आमाबारे गरेको सम्मान उदाहरणीय रहेको बताइन् । ‘आमा र भगवान् संसारमा सबैभन्दा ठूला हुन्, आमाले राम्रो संस्कार दिएर हुर्काएका छोराछोरीले सधैँ राम्रो काम गर्छन्,’ उनले भनिन् । तिलगंगाका संस्थापक डा. दुगड परिवारले सुरुवाती दिनमा तीलगंगामै उपचार गराएर त्यस संस्थाप्रति विश्वास जगाउन ठूलो योगदान गरेको बताए । 

‘तोलाराम दुगड तथा हुलासचन्द गोल्छाजस्ता प्रतिष्ठित उद्योगीले सुरुमा तिलगंगामै आँखा उपचार गराउनुभयो, त्यसले हाम्रो संस्थाको विकासमा ठूलो योगदान ग¥यो, त्यो योगदान हामीले बिर्सन हुँदैन,’ उनले भने । यसैगरी, मोतीलालसँगै विद्यालय पढेका डा. भोला रिजालले बच्चा वेलादेखि नै उनी तीक्ष्ण रहेको बताए । 

अर्का सहपाठी नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले जलविद्युत्मा मोतीलालले लगानी सुरु गरेर महत्वपूर्ण योगदान दिएको बताए । यो आफ्नो र दुगड परिवारको कथा मात्रै नभई नेपालको व्यावसायिक प्रणाली, आयात–निर्यातको अवस्थालगायतको अभिलेख पनि भएको पुस्तकका लेखक मोतीलाल दुगडले बताए । 

‘वास्तवमा यो पुस्तकमा हलो र सामान्य कपडा पसलबाट सुरु भएको दुगड परिवारको आर्थिक उपार्जनको यात्रा विविधीकरणका क्रममा कसरी जलविद्युत्सम्म पुग्यो भन्ने तथ्यको सविस्तार वर्णन गरेको छु,’ उनले भने । तीन खण्डमा विभाजित पुस्तकमा पहिलो खण्डमा परिवारका विषयमा चर्चा गरिएको छ । त्यस्तै, दोस्रो खण्डमा व्यापार–व्यवसाय र उद्योगको विषयमा उल्लेख गरिएको छ भने अन्तिम खण्डमा विविध विषय उल्लेख छ । 

मुलुकमा जुट उत्पादन र निर्यातको उदय र अवसान, आयात र निर्यात व्यापारका विविध कालखण्डको अवस्था, आयात–निर्यातसम्बन्धी ऐतिहासिक दस्तावेजहरूको संकलनसम्म पुस्तकमा छ । पुस्तकको सम्पादन वरिष्ठ पत्रकार प्रमोद प्रधानले गरेका हुन् । 

ad
ad