प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न भोलि सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक आह्वान गरिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्।