१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १ आइतबार
  • Wednesday, 26 June, 2024
२o७८ फाल्गुण १ आइतबार o९:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

गण्डकी प्रदेशमा बिरामीलाई अब रगत नि:शुल्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १ आइतबार o९:१२:oo

गण्डकी प्रदेशमा आइतबारदेखि रगत निःशुल्क प्रयोग गर्न पाइने भएको छ । रगत आवश्यक पर्ने बिरामीले रक्त सञ्चार केन्द्रबाट रगत लिँदा परीक्षण र अन्य शुल्कका नाममा तिर्दै आएको रकम अब तिर्न नपर्ने भएको छ । रगत प्रयोग गर्ने बिरामीले परीक्षण र अन्य शुल्कका लागि सात सयदेखि एक हजार रुपैयाँसम्म तिर्दै आएका थिए । तर, अबदेखि सो रकम गण्डकी प्रदेश सरकारले तिरिदिने भएको  छ ।

गत सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले ‘रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ पारित गर्दै १ फागुनदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय गरेको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले जानकारी दिए ।

कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत व्यक्तिलाई आवश्यक पर्ने रगत, रगत राख्ने झोला, रगत परीक्षण निःशुल्क रूपमा गर्नुपर्ने उल्लेख छ । साथै, उपलब्ध गराइएको सेवा शुल्क भुक्तानीका लागि मासिक रूपमा जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समितिमार्फत अस्पतालसमक्ष बिल भर्पाई पेस गर्नुपर्ने छ ।

रक्तदाताले निःशुल्क दिएको रगतको शुल्क लिन नहुने माग जनस्तरबाट आएको थियो । त्यही मागको सम्बोधन गर्दै अब गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने मन्त्री खड्काको भनाइ छ । 

कार्यविधिअनुसार जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समितिमा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट अध्यक्ष रहनेछन् । यसैगरी स्वास्थ्य कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालय÷इकाइ कार्यालयका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, जिल्ला सभापति र जिल्ला अस्पतालका प्रयोशाला प्रमुख सदस्य रहनेछ व्यवस्था छ । जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव अध्यक्ष हुनेछन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक, अर्थसम्बन्धी विषय हेर्ने मन्त्रालयका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशका अध्यक्ष र चिकित्सा सेवा महाशाखा प्रमुख सदस्य रहने कार्यविधिमा उल्लेख छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा सबैभन्दा बढी रगत खपत हुने गरेको छ । अहिले गण्डकी प्रदेशमा दैनिक ७० देखि ८० पिन्ट रगतको माग छ । अन्य जिल्लाबाट गम्भीर र जटिल रोगका बिरामी पोखराका अस्पतालमा आउँदा रगतको माग बढिरहेको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।

ad
ad
ad
ad