मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Saturday, 12 July, 2025
२o७८ माघ २९ शनिबार १६:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

म्यानमारको सैन्य सरकारद्वारा ८२१ कैदीलाई आममाफीको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार १६:४४:oo

म्यानमारको सैन्य सरकारले कारागारमा रहेका ८२१ कैदीलाई आममाफी दिइएको घोषणा गरेको छ। आममाफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन्। 

उनीहरूलाई हीरक एकता दिवको अवसरमा आममाफी दिने निर्णय सरकारले गरेको अधिकारीहरूले जानकारी दिएका छन्। म्यानमारका थप ६ महिनाका लागि भन्दै जनवरी ३१ देखि संकटकालको समय अवधि थप गरिएको छ।

म्यानमारको सेनाले गत वर्षको फेब्रुअरी १ मा सत्ता कब्जा गर्दै संकटकाल लगाएको थियो। सेनाको कदमका विरुद्धमा देशभित्रका दल तथा विश्व समुदाय उभिए पनि सेना पछाडि हटेको छैन। त्यसअघि भएको निर्वाचनमा धाँधली भएकाले पुनः निर्वाचन गराउनुपर्ने अडानसहित सेनाले सत्ता कब्जा गरेको हो।

अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गर्दै आएका छन्। सेनाले सत्ता कब्जा गरेपछि म्यानमारका जनता आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू हजारौँ घाइते र गिरफ्तार भएका छन्। रासस/एएनआई