मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७८ माघ २६ बुधबार १४:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किसानका माग समाधान नगरिए निर्वाचनमा अवरोध गर्ने सिके राउतको चेतावनी

Read Time : < 1 मिनेट
२०७८ माघ २६ बुधबार १४:५७:००

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विगत लामो समयदेखि चल्दै आएको किसान आन्दोलनलाई समाधान गर्न सरकार उदासीन रहेको आरोप लगाएका छन। बुधबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष राउतले गत कात्तिकबाट सुरु भएको किसानको आन्दोलन देशव्यापी बनिसक्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए।  

उनले कृषकको समस्या समाधान नभएसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने जिकिर गरे। लामो समयदेखि किसान आन्दोलित भए पनि सरकारले यसमा गम्भीर नभएको बताउँदै स्थानीय तहको निर्वाचनमा अवरोध पार्ने चेतावनी दिए।

डा. राउतले अहिलेका राजनीतिक दलहरू किसानको समस्या समाधानमा असफल भएको पनि बताए। देशमा भएको विभिन्न आन्दोलनमा किसानले समस्या समाधान गर्न माग गर्दै गरिए पनि राज्यले चरम दमन गरेको बताए।

जनमत पार्टीले अहिले किसान आन्दोलनको मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै देशमा हुने जुनसुकै अन्याय, अत्याचार र विभेदविरुद्ध आन्दोलनको नेतृत्व गर्न सक्ने दाबी गरे। 
सिके राउतलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले परिचालन गरेको आरोप लाग्छ नि ? भन्ने प्रश्नको जवाफमा डा. राउतले आफूले कुनै राजनीतिक दलको नेतासँग सम्झौता गरेको नभई नेपाल सरकारसँग सम्झौता गरेको जवाफ दिए।