मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २५ मंगलबार ११:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन टार्ने बहस अब अन्त्य भयो : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार ११:२८:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका बहस अब अन्त्य भएको बताएका छन्। सरकारले सोमबार वैशाख ३० का लागि स्थानीय तहको निर्वाचन गर्ने निर्णयबारे उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो  प्रतिक्रिया दिएका हुन्।

महामन्त्री थापाले सरकारको निर्णय संविधानको मर्मअनुरूप रहेको र स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको बताएका छन्। संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट नभएको थापाले उल्लेख गरेका छन्।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ। स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैब हेक्का राख्नुपर्दछ। संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन,’ उनले लेखेका छन्।