१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२७:oo

गोरखा नगरपालिकाको न्यायिक समितिमा हालसम्म सबैभन्दा धेरै जग्गा भोगचलनसम्बन्धी उजुरी परेको छ। चालू आर्थिक वर्षमा दर्ता भएका १८ वटा उजुरीमध्ये नौवटा उजुरी जग्गा भोगचलनसम्बन्धी रहेको न्यायिक समितिकी संयोजक बिनाकुमारी श्रेष्ठले बताइन्।

यस्तै, घरभाडा तथा लेनदेन सम्बन्धमा, रकम लेनदेन सम्बन्धमा र लालनपालन खर्च भराई पाउनेसम्बन्धी दुई–दुईवटा उजुरी दर्ता भएको श्रेष्ठले जानकारी दिइन्। सम्बन्ध कायम गराउन, निर्माण कार्य रोक्कालगायत गरी तीनवटा उजुरी दर्ता भएको जनाइएको छ।

गत वर्षको जिम्मेवारी सरेको १८ वटा उजुरीसहित हाल दर्ता भएको कुल उजुरी संख्या ३६ पुगेको संयोजक श्रेष्ठले जानकारी दिइन्। यीमध्ये एक उजुरीमा मिलापत्र र १४ वटा उजुरी निरुपण गरिएको उनले बताइन्। त्यस्तै, पाँचवटा उजुरीमा सहमति कायम भएको, १३ वटा उजुरी प्रक्रियामा रहेको र तीनवटा उजुरी अन्यत्र पठाइएको उनले बताइन्।

उनका अनुसार न्यायिक समिति प्रहरी कार्यालयनजिकै भएकाले पनि तुलनात्मक रूपमा उजुरी कम परेको हो। न्यायिक समितिअन्तर्गत नगरपालिकाको १४ वटै वडामा तीन–तीनजना मेलमिलापकर्ताहरू खटाइएको छ। मेलमिलापकर्ताहरूले नसके न्यायिक समिति संयोजकमार्फत उजुरीको सम्बोधन गर्ने गरिएको उनले बताइन्।

ad
ad