मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २४ सोमबार o८:४९:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

१ फागुनदेखि सिनेमा हल  खोल्न सिसिएमसीको सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार o८:४९:oo

 कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसिसी)ले १ फागुनदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ । आइतबार बसेको सिसिएमसिसी बैठकले १ फागुनदेखि सिनेमा हल खोल्न दिन सरकारलाई सिफारिस गरेको हो ।

सिसिएमसीकी प्रवक्ता सुनिता नेपालका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिनेमा हल खोल्न दिइनेछ । कोरोना भाइरसको संक्रमण जोखिम नियन्त्रण गर्न सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत ३ माघदेखि सिनेमा हल जिमखाना, स्विमिङ पुललगायत मनोरञ्जनका क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले १५ माघसम्म हल बन्द गर्ने निर्णय गरे पनि हल खुल्ने वा नखुल्ने अन्योल थियो । हल बन्द भएपछि प्रदर्शनको सँघारमा रहेका चलचित्र अनिश्चित बनेका थिए।