१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीद्वारा वसन्तश्रवण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१२:oo

श्रीपञ्चमी/वसन्तपञ्चमीको अवसरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तश्रवण गरेकी छिन्। राष्ट्रपति भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्तश्रवण गरेकी हुन्। यस दिन हनुमानढोकाको नासाल चोकमा राष्ट्रप्रमुखले वसन्तश्रवण गर्ने प्रचलन रहिआएको छ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी थिए। वसन्तपञ्चमीको दिन वसन्तश्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ। वसन्तपञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ। यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रहिआएको छ।

ad
ad