जिल्ला प्रहरी कार्यलय मकवानपुरले ७९८ एम्पुल लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका–४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका–१९ बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई पक्राउ गरेको हो ।
खत्रीको डेराबाट लागुऔषध डाइजोपाम – २८० एम्पुल, फेनार्गन–२६८ एम्पुल र नुफिन–२५० एम्पुल गरी जम्मा ७९८ एम्पुल लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य अगाडि बढाइएको पनि प्रहरीले जनाएको छ ।