१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २० बिहीबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री गहतराजद्वारा राखेपको ज्ञापनपत्र अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २० बिहीबार १६:३३:oo

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्यहरूको ज्ञापनपत्र लिन अस्वीकार गरेका छन्। राखेपका बोर्ड सदस्यहरूले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहतराजले अस्वीकार गरेका हुन्।

बिहीबार परिषद्को ज्ञापनपत्र बुझ्न मन्त्रीले अस्वीकार गरेपछि बोर्ड सदस्यहरूले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन्।

ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत पाँच महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए।

यसैगरी नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषदमा अहिले कर्मचारीहरूले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुदमन्त्रीको अकर्मण्यता भएको आरोप लगाएका छन्। उनले राखेपले नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिंग भइरहेको बताए। उनले खेल र खेलाडीमा राजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरेका छन्।

ad
ad
ad
ad