१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिल्ला अस्पताल मनाङमा छैन एक्सरे मेसिन

एक्सरे गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२९:oo

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको एक मात्र जिल्ला अस्पताल मनाङमा एक्सरे मेसिन नहुँदा मनाङवासीले सास्ती भोग्दै आएका छन् । मनाङकोे एक मात्र जिल्ला अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार नहुँदा मनाङवासीलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको चामेकी अस्मिता गुरुङ बताउँछिन् । 

उनी भन्छिन्, ‘सामान्य चोटपटक लागेपछि उपचारका लागि छिमेकी जिल्ला लमजुङ तथा काठमाडौं,पोखरा जानुपर्ने बाध्यता छ। भौगोलिक रूपमा विकट भएकाले पनि उपचारको पहुँचमा पुग्न मनाङवासीलाई समस्या छ । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने समस्या हल गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय अनिता गुरुङ बताउँछिन् । उनी भन्छिन्– ‘मनाङवासी कहिलेसम्म उपचारको अभावमा बस्नुपर्ने हो ।’

 मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले स्वास्थ्य सेवा सहज बनाउन स्थानीय सरकारसँग समन्वय गरिएको बताए । उनले भने ‘मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा एक्स–रे, भिडियो एक्स–रेलगायतका प्राविधिक सेवा उपलब्ध नहुँदा महँगो भाडा तिरेर उपचारका लागि बिरामी पोखरा काठमाडौं जानुपरेको छ । जिल्लामा मेसिन उपलब्ध रहे पनि मेसिन बिग्रिएकाले प्रयोगमा नआउँदा मनाङवासीले सास्ती खेप्नुपरेको प्रजिअ आचार्यको भनाइ छ । ‘अस्पतालमा मेसिन नहुँदा जिल्लावासीले समस्या भोग्दै आएको व्यहोरा प्रदेश सरकारसमक्ष पेस गरेका छौँ’ प्रजिअ आचार्यले भने । स्थानीय सरकारले पनि पटकपटक जिल्लामा कम्तीमा आधारभूत स्वास्थ्य सेवा सहज बनाउन प्रदेश र संघीय सरकारसमक्ष आग्रह गरेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । 

उनले भने ‘जिल्लामा रहेको एक मात्र जिल्ला अस्पताल मनाङमा आधारभूत सेवा उपलब्ध भए पनि जिल्लावासीले उपचारका लागि छिमेकी जिल्ला लमजुङसहित पोखरा काठमाडौंको भर पर्नुपर्ने थिएन । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले मनाङवासी बिरामी परेमा हेलिकाेप्टरकै भर पर्नुपर्ने बाध्यता छ मौसमअनुकूल नभए ज्यान नै जान सक्छ ।’ स्वास्थ्य कार्यालय मनाङले प्रदेश, संघ र स्थानीय सरकारसमक्ष समस्या समाधानका लागि पहल गरिरहेको बताए । 
 

ad
ad