१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बिलखबन्दमा नेपाली सिने उद्योग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o६:oo

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएसँगै यसको संक्रमण व्याप्त बनेको छ । संक्रमण नियन्त्रण गर्न सरकारले १५ माघसम्म सिनेमा हलसहित सम्पूर्ण मनोरञ्जन क्षेत्र बन्द गर्न निर्देशन दिएको थियो । सरकारले गरेको पछिल्लो निर्णयसँगै कोरोनाको पहिलो र दोस्रो लहरपछि बिस्तारै उठ्न थालेको नेपाली चलचित्र उद्योग फेरि बिलखबन्दमा परेको छ । यद्यपि, चलचित्र हल खुलाउने/नखुलाउने भन्नेबारे सरकारले अझै कुनै ठोष निर्णय गरेको छैन ।

नेपाली चलचित्र क्षेत्र फेरि संकटमा परेको निर्माता, निर्देशक तथा वितरकहरूको दुखेसो छ । सरकारको निर्णयसँगै प्रदर्शनको तयारीमा रहेका सिनेमा मात्रै होइन सुटिङका लागि तयारी गरिरहेकाहरू अलमलमा परेका छन् । सरकारको निर्णयकै कारण १९ माघबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ ले प्रदर्शन मिति स्थगित गरेको छ । यस चलचित्रका निर्देशक सुदर्शन थापाले विज्ञप्ति जारी गर्दै चलचित्रको ‘रिलिज डेट’ स्थगित गरेको बताएका छन् । 

यस्तै १३ फागुनलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘प्रेमगीत–३’ले पनि प्रदर्शन मिति स्थगित गरेको छ । कोरोना महामारीकै कारण निर्माण टिमले अनिश्चितकालका लागि प्रदर्शन मिति सरेको जनाएको छ । यस्तै चलचित्र ‘आकाशे खेती’, ‘चिसो एस्टे«’, ‘पासो’ ‘चिसो मान्छे’, कबड्डी सिरिज, ‘लप्पन छप्पन–२’, ‘राधा’, ‘निरफूल’लगायत दर्जनभन्दा बढी चलचित्र रिलिजको तयारीमा थिए । अब यिनीहरूको पनि रिलिज मिति धकेलिएको छ ।

‘ए मेरो हजुर–४’ ले पनि १ वैशाखको लागि प्रदर्शन मिति तय गरेको थियो । गत शुक्रबारदेखि चलचित्र ‘चपली हाइट ३’ र हलिउड चलचित्र ‘माई हिरो एकेडेमिया’ पनि प्रदर्शनमा आएको थियो । तर, सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै यी सबै चलचित्रहरूको प्रदर्शन रोकिएको छ ।

‘दर्जनभन्दा बढी चलचित्र प्रदर्शनको लाइनमा थिए’
प्रदर्शनको संघारमा रहेका चलचित्र पनि फेरि थन्क्याएर राख्नुपर्दा निर्माता, वितरक र हल सञ्चालक चिन्तित छन् । चलचित्र वितरक मनोज राठी कोरोना महामारीले फेरि नेपाली सिनेमा उद्योगमा अन्योल सिर्जना भएको बताउँछन् । दर्जनभन्दा बढी नेपाली चलचित्र वितरणको अधिकार लिए पनि ती सबै थन्किएर बसेको उनी बताउँछन् । राठी भन्छन्, ‘चाडै सिनेमा हल खुल्छ जस्तो लाग्दैन । उसै त दर्शकहरू डराइडराइ हल जान्थे, फेरि नयाँ भेरियन्टको त्रास बढेको छ । दर्शकलाई हलमा आएर सिनेमा हेर्ने बानी पार्दै थियौँ ।’ बलिउड सिनेमा ‘आरआरआर’को नेपालमा वितरण सम्झौता गरेसँगै नेपाली सिनेमा पनि थुप्रै वितरणको सम्झौता गरिए पनि थन्क्याएर राख्नुको विकल्प नभएको उनले बताए । बलिउड चलचित्र ‘सूर्यवंशी’ले लगानी उठाएपछि अरू सिनेमा प्रदर्शनमा आँट आएको उनले बताए ।

दुई वर्ष थला परेर बामे सर्न खोज्दै गरेको सिनेमा हल फेरि बन्द भएका छन् । अब कहिले खुल्ने हो भनेर निर्माता, निर्देशक र वितरक कसैले पनि अनुमान लगाउन सकेका छैनन् । 

‘सूर्यवंशीले दर्शकलाई हलसम्म तानेको थियो । हामीले जोखिम मोलेर यो चलचित्र प्रदर्शन गर्ने आँट गरेका थियौँ । एक करोड (भारतीय रुपैयाँ)मा किनेका थियौँ । यसले लगानी उठायो । दर्शकलाई हलसम्म ल्यायो । त्यसकारण पनि नेपाली सिनेमाको वितरणको अधिकार लिएका थियौँ । तर ती चलचित्र सबै अन्योलमा छन्’, राठीले भने ।

लामो समय हल बन्द नगर्न आग्रह
लामो समयपछि सिनेमा हल खुलेसँगै बिस्तारै पुरानै लयमा फर्किएको संकेत चलचित्र वितरकहरूले पाएका थिए । सोहीकारण उनीहरूले ०७९ को दसैँसम्मको सूची तयार पारेका थिए ।अब फेरि लामो समय सिनेमा हल बन्द गर्न नहुने अर्का वितरक करण श्रेष्ठको आग्रह छ । ‘दुई वर्ष थला परेर बामे सर्न खोज्दै थियौँ । तर, दुर्भाग्य फेरि बन्द भयो । अब कहिले उठ्ने हो थाहा छैन,’ उनले भने । 

रिलिज हुन लागेका चलचित्रलाई राज्यले उपयुक्त ‘मोडालिटी’ तयार नगरी हल बन्द गर्दा नेपाली सिनेमा उद्योगलाई ठूलो क्षति पुगेको उनको दाबी छ । ‘चपली हाइट–३’ प्रदर्शनको दुई दिनमै सिनेमा हल बन्द भएपछि ठूलो आर्थिक क्षति पुग्ने श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीको दोस्रो लहरपछि हल खुले पनि नेपाली सिनेमा थिएन । एकाध नेपाली हलमा लागे पनि ‘कठपुतली’बाहेक अन्य सिनेमाले उपस्थिति जनाउनुबाहेक केही गर्न सकेका थिएनन् । हल बन्द भएपछि ‘कठपुतली’ र ‘चपली हाइट–३’ मर्कामा परेका छन् ।’

प्रदर्शन भइरहेको चलचित्रले व्यहोरेको क्षतिको पूर्ति राज्यले गर्नुपर्ने उनको माग छ । उनले भने, ‘जतिवेला मन लाग्यो त्यतिवेला सिनेमा हल बन्द गर्नु भएन ।’ कोरोनाको पहिलो लहरमा पनि वितरण अधिकार लिएको ‘सेन्टी भाइरस’ र ‘आमा’ चलचित्रबाट आर्थिक क्षेति व्यहोरेको उनले सुनाए । प्रत्यक्ष रूपमा सयौँको संख्यामा श्रमजीवीहरू जोडिएकोले राज्यले चलचित्र उद्योगलाई ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

ad
ad