नेकपा (माओवादी केन्द्र)काे सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा जारी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठक सरकारको कामलाई प्रभावकारी बनाउने र पार्टीले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ।
बैठकमा संयन्त्रका सचिव हरिबोल गजुरेल तथा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राज्यमन्त्रीहरू सहभागी छन्। पार्टी अध्यक्ष प्रचण्डले मन्त्री र राज्यमन्त्रीहरूको रिपोर्ट सुन्ने र दिशानिर्देश गर्ने काम गरिरहेका छन्।