मध्यकालीन युगमा मानिसहरू आफ्नो सम्पूर्ण जीवनकाल एउटै समुदायमा बिताउँथे । आधुनिकता र जहाज, रेल, विमान तथा सवारीसाधनको आगमनपछि मात्र मानिसहरूले धर्तीको चक्कर लगाउन थालेका हुन् । अहिले मजस्तो कलाकारले समेत पृथ्वीको अढाई चक्कर लगाउन सक्ने स्थिति बनेको छ, जुन मैले सन् २०१९ मा पूरा गरेँ । पृथ्वीको अढाई चक्कर लगाएछु । मेरो मुख्य कार्यस्थल न्युयोर्क हो । त्यहाँ मेरो निरन्तर विस्तार हुने कार्यबोझमा एकल प्रदर्शन, लेक्चर, थियटर निर्माण, आर्किटेक्चरल परियोजना हुने गर्छन् । तर, कार्ययोजना बिथोल्ने गरी कोभिड– १९ आयो ।
महामारी सुरु हुँदा म जापानमा थिएँ । विश्वव्यापी सटडाउनका कारण मैले लामो समय एउटै समुदायमा बसोवासको आनन्द भोग गर्न पाए । महामारी कालमा झन्डै डेढ वर्ष जापानको सिरोकेन जिल्लामा बिताएँ । सन् १६६५ मा लन्डनमा प्लेगको महामारी आयो । महामारी छल्न आइज्याक न्युटन लन्डनबाट पूर्वी इंग्ल्यान्डस्थित आफ्नो गाउँ वुलस्थोर्प–बाई–कोलस्टरवर्थमा फर्किएका थिए । त्यहाँ बस्दा उनी पूर्ण रूपमा अनुसन्धानमा एकोरिन पाए । यही अवधिमा एउटा झरेको स्याउ देखेर गुरुत्वको सिद्धान्त प्रतिपादन गरे उनले । यही समयमा, घरको दोस्रो तल्लामा राखेको प्रिज्मबाट सूर्यको प्रकाश आवर्तन हुँदा प्रकाश सात रङको स्पेक्ट्रम ९पट्टी०मा छुट्टिएको देखे । यसैवेला क्यालकुलसको सिद्धान्त विकास गरे । पछि गएर क्यालकुलसको सिद्धान्तले आधुनिक भौतिकशास्त्र र गणितको जग बसाल्यो । यसले एउटै पाठ दिन्छ– महामारीबीचबाट केही राम्रो काम पनि हुन सक्छ । आखिर अहिले मैले प्रयोग गर्ने फोटोग्राफीको विकासमा न्युटनको प्रिज्म–प्रयोगको महŒवपूर्ण भूमिका छ, त्यसैले म उनीप्रति ऋणी छु ।
जापान बसाइमा मैले पनि न्युटनलाई पछ्याउने निर्णय गरेँ । जापानको १८ महिनालाई मैले लामो अध्ययन बिदा (सबाटिकल) माने र काममा पूर्ण एकाग्र भएँ । मेरो सन्दर्भमा आफ्नो पछिल्लो कृति (जुन मेरो बिरासत हुनेछ)लाई टुंगो लगाएँ । यो परियोजनालाई ‘इनोरा अब्जरभेटरी’ नाम दिएको छु मैले । यो एक यस्तो बहुविषयक सांस्कृतिक संरचना हुनेछ जसमा एउटा ग्यालरी, दुइटा पर्फर्मिङ आर्टका स्टेज, एउटा चियाघर, एक प्रार्थनागृह र धेरै प्याभिलियन हुनेछ । यो ओडोवाराको कटोरा जिल्लास्थित एउटा पहाडको १० एकडमा फैलिएको छ । ढुंगामा काम गरिने यो वास्तुकला प्राचीन समयका मानिसको तारा, नक्षत्र अवलोकनशालाको शैलीमा बनाइनेछ ।
सात हजार वर्षअघि मानिसहरूले सूर्य पूर्वमा उदाएर पश्चिममा पुगेर अस्ताउँछ, ऋतु बदलिँदा समय बित्दै जान्छ भन्ने पुष्टि गर्न यस्तै खाले संरचना खडा गर्न सुरु गरेका थिए । मेरो विचारमा अवलोकनशाला निर्माण गर्ने मानिसले ब्रह्माण्डमा अलग लक्ष्य पाएको महसुस गरे । यी प्राचीन खगोलीय संरचना इजिप्ट, पेरु र आयरल्यान्डमा भग्नावशेषका रूपमा भेटिन्छन् ।
सभ्यताको उदय हुन्छ र एक दिन तिनको पतन पनि हुन्छ । हाम्रो आधुनिक सभ्यताको सम्भावित विनाशपछिका लागि म यस्तै ढुंगे बगैँचा बनाउँदै छु । मैले बनाउने बगैँचा सुन्दर त हुनेछ, साथमा कालान्तरमा त्यो पत्थरको भग्नावशेषमा रूपान्तरण हुनेछ । सम्भवतः भविष्यको अलग समाजले यसलाई भेट्नेछन् । हाम्रो सभ्यताबारे एकदम थोरै जानकारी भएको त्यो सभ्यताले मैले बनाएको संरचनाको अर्थबारे घोत्लिनेछ । मार्गदशर्नका लागि म ताचिबाना तोसित्सुनाद्वारा ११औँ शताब्दीमा लेखिएको ‘सकुतेईकी (अथवा बगैँचाको डिजाइनमाथिको टिप्पणी)को सहयोग लिँदै छु । ताचिबानाका अनुसार सबैभन्दा महŒवपूर्ण कुरा ‘पत्थरको आवाजलाई सुन्नु’ हुनेछ । हरेक पत्थर अलग हुने भएकाले म तिनको आवाज सुनेर तिनको स्वभाव चिन्नेछु । त्यसपछि म ती प्रत्येकको उद्देश्य पहिचान गर्दै एक–अर्कासँग सामञ्जस्यता हुने हिसाबमा तिनको मिलन गराउनेछु ।
जापान छाड्न असक्षम भइरहँदा म सुदूर स्थानमा रहेर वासिङटन डिसीमा आउँदो महिना आयोजना हुने एक ठूलो परियोजनामा पनि काम गरिरहेको छु । मैले हिरोसिमा संग्रहालयको शिल्पकला मर्मतसम्भारको चुनौतीको पनि जिम्मा लिएको छु । हिर्सहोर्नका आर्किटेक्ट तथा मूल बगैँचाका डिजाइनर गोर्डन बुनसाफ्ट मध्यकालीन जापानका पत्थर बगैँचाबाट अत्यन्त प्रभावित थिए । बुनसाफ्टको आधुनिकतावादी पत्थर बगैँचाबाट प्रभावित भएर मैले जापानी सुक्खा पत्थरको पर्खाल बनाउने सोचेको छु । त्यसले प्राचीन र आधुनिकताबीच सांकेतिक सेतुको काम गर्ने ठानेको छु । यसले संग्रहालयको आधुनिकतावादी शिल्पकलालाई राम्रो पृष्ठभूमिसमेत प्रदान गर्नेछ ।
कोभिड– १९ महामारी सुरु हुनुअगाडि अमेरिकाको पूर्वी तटको ढुंगाखानी घुम्न गएको थिएँ । मैले त्यहाँका पत्थरको आवाज सुनेँ । अहिले म इनोरा अब्जरभेटरी निर्माणको काम गरिरहँदा र पुनः पत्थरको आवाज सुनिरहँदा हिर्सहोर्नको पत्थर बगैँचाबारे सोच्ने गर्छु । बगैँचाका यी पत्थरले पृथ्वीका दुई भागका दुई स्थललाई जोड्नेछन् । तिनको अस्तित्व मानव जातिको आगमनभन्दा अगाडि पनि थियो र सभ्यता विनाशको धेरै पछि पनि कायम रहनेछ ।
(हिरोसी सुगिमोतो कलाकार, आर्किटेक्ट र लेखक हुन् ।)