मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १४ शुक्रबार १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री आलमको मुद्दा हेर्न नभ्याइनेमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार १४:३८:oo

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको सर्वोच्चले जनाएको छ।

यसअघि समेत आलमको मुद्दा पटकपटक हेर्न नभ्याइने र हेर्न नमिल्नेमा पर्दै आएको थियो। सर्वोच्चले शुक्रबार वेबसाइटमा आलमको मुद्दाको सुनुवाइ भइरहेको उल्लेख गरेको थियो। तर,पछि मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको जानकारी दिएको हो। 

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्।