१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Friday, 04 July, 2025
२o७८ माघ १३ बिहीबार १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानको रक्षक बन्ने नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार १९:१o:oo

लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरूले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन। नेकपा एकीकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेदवारलाई बिहीबार बुटवलमा गरेको बधाई ज्ञापन कार्यक्रममा विजयी राष्ट्रिय सभाका सदस्यहरूले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वाेपरि मानेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
 
एकीकृत समाजवादीको तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरेले जनता र संविधानकाे रक्षामा लाग्ने बताइन् । उनले गठबन्धनका उम्मेदवारको विजयले प्रतिगमनकारी र दम्भीहरू पराजित भएको बताइन् । 

राष्ट्रिय जनमोर्चाको तर्फबाट विजयी तुलप्रसाद विश्वकर्माले संविधान, संसद्, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने प्रतिगमनकारी शक्तिलाई राष्ट्रिय सभाको निर्वाचनले परास्त गरेको बताए । 

कांग्रेसको तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी थिएनन् । 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेशमा सचेत जनप्रतिनिधिले फ्लोरक्रस गरेर समेत गठबन्धनका उम्मेदवारलाई भोट दिएको बताए । उनले बहुदल र गणतन्त्र ल्याउन विगतमा वामपन्थी र प्रजातान्त्रिक शक्तिको गठबन्धन सफल भएको चर्चा गर्दै अहिले गठबन्धनले केपी ओलीले चालेको संविधान विरोधी र प्रतिगमनकारी कदमलाई परास्त गरेको बताए । 

लुम्बिनी प्रदेशमा बुधबार भएको निर्वाचनमा पाँचदलीय गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका थिए।