१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ १३ बिहीबार ०८:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अतिविपन्नलाई निःशुल्क स्वास्थ्य बिमा

Read Time : < 1 मिनेट
२०७८ माघ १३ बिहीबार ०८:५४:००

गाउँपालिकाले अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष ०७८/०७९ देखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । सो कार्यक्रमको १० लाख बजेटमा अनिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने ‘गाउँपालिकाको आठै वडाका आर्थिक अभावले स्वास्थ्य बिमा नगरेका अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेका छौँ ।’ 

निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमभित्र पनि दुई किसिमको छ । अतिविपन्न नागरिकलाई तीन हजार पाँच सय गाउँपालिकाले व्यहोर्नेछ भने अर्काे एक हजार पाँच सय रुपैयाँ नागरिक आफैँले व्यहोर्नुपर्छ । अर्को प्रकारमा दुई हजार गाउँपालिका व्यहोर्ने गरी स्वास्थ्य बिमा गर्ने कार्यक्रम रहेको उनले बताए । 

गाउँपालिकाभित्रका आठवटा वडामा स्वास्थ्य बिमा कर्ता परिचालन गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढथापाले बताए । तातोपानी गाउँपालिका वडा नम्बर ३ लिताकोटकी रेवती रावलका अनुसार अहिलेसम्म सो वडाका ५० जना अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँमा पैसा नभएर स्वास्थ्य बिमा गरेका अतिविपन्न नागरिक धेरै छन् । उनीहरू सबैको अनिवार्य स्वास्थ्य बिमा गर्ने तयारी गरेको उनको भनाइ छ । 

नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार तीन सय ५२ जना नागरिकले बिमा गरेका छन् । स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीका अनुसार ज्येष्ठ नागरिक लागि निःशुल्क बिमा कार्यक्रममा पनि चार हजार ३५ जनाको बिमा गरिएको छ । उनले भने ‘निःशुल्क बिमा कार्यक्रमअन्तर्गत महिला स्वयंसेविका एक सय ८० जना, पूर्ण अपांगता भएका व्यक्ति ४५ जना, क्षयरोग टिभी दुईजना र एचआइभी संक्रमित एकजनाले बिमा गरेका छन् ।’