१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय राजदूतावासमा ७३औँ गणतन्त्र दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२८:oo

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार कार्यक्रम आयोजना गरेको छ ।  नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दूतावास परिसर लैनचौरमा भारतको राष्ट्रिय झन्डा झन्डाेत्तोलन गरेका छन् । राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५  लाख नगद तथा कम्बल वितरणसहित सम्मान गरेका छन् । 

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रूपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।’  आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म विभिन्न कार्यक्रमको आयोजना गरिने दूतावासले जनाएको छ । 

नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गर्ने योजना रहेको भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जानकारी दिए । यही वर्ष नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।  
 

ad
ad