मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ १२ बुधबार ०८:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारले पठाएका डा.यादव बिपी प्रतिष्ठानमा : बहालवाला उपकुलपति र अस्पताल निर्देशक अदालत पुगे  

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार ०८:५०:००

सरकारको निर्णय खारेज गर्न माग गर्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र अस्पताल निर्देशकले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले बहालवाला तीन पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष र अस्पताल निर्देशकलाई काम गर्न रोक लगाई प्रतिष्ठानको स्वायत्त अधिकारमा हस्तक्षेप भएको भन्दै उनीहरू अदालत पुगेका हुन् । रिटको पेसी बुधबार तोकिएको छ । 

स्वास्थ्य मन्त्रालयले पदाधिकारीको कामसमेत गर्ने गरी केन्द्रबाट डा.श्यामसुन्दर यादवलाई प्रतिष्ठान पठाएको छ । उनले सोमबार जिम्मेवारी सम्हालेका छन् । आर्थिक प्रशासनको जिम्मेवारी दिएर कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट उपसचिवस्तरको कर्मचारी पठाइएको छ ।

प्रतिष्ठानको पदाधिकारी बन्न नभई समस्या समाधान गर्न आफू आएको यादवले प्रतिक्रिया दिए । शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल भने यसअघि सरकारले हटाउँदा स्टे अर्डर लिएर बहालमा रहेकाले अदालत गएका छैनन् ।

डा. गिरी र साह काठमाडौंमै छन् । प्रतिष्ठानको ऐन र नियमावलीले नदिएको अधिकार प्रयोग गरेर कानुनविपरीत आफूहरूलाई कामबाट विमुख गरेको साथै मन्त्रालयबाट कर्मचारी पठाएको भन्दै उपकुलपति गिरी र अस्पताल निर्देशक साहले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका हुन् 

। प्रतिष्ठानको सर्वोच्च निकाय भनेको सिनेट हो । सिनेटबाट हटाएको भए कुनै आपत्ति नहुने, तर काम नगर्न मन्त्रालयको ठाडो निर्देशन प्रतिष्ठानको ऐन नियमविपरीत भएको उपकुलपति गिरीले बताए ।