१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काष्ठकलाको प्रवर्द्धन गर्न ४५ दिने तालिम सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo

नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा काष्ठकला प्रशिक्षण सञ्चालन भएको छ। काठमाडौं महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा राष्ट्रिय सभागृहमा गत पुस ८ गतेदेखि ४५ दिने काष्ठकला प्रशिक्षण सञ्चालन भइरहेको छ।

काष्ठकलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ। काष्ठकला तालिमका प्रशिक्षक राजआनन्द सिल्पकारले काठमाडौं उपत्यकामा २०७२ सालकोे महाभूकम्पले भत्काएका मौलिक कलाकृतिको मर्मत गर्नको लागि कलाकारको आवश्यकता परेकाले काष्ठकला विधामा प्रशिक्षण दिइएको बताए। तालिममा अहिले २३ जना सहभागी छन्।

ad
ad