१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख ३० आइतबार १९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेनी-जोमसोम सडकमा टाइमकार्ड लागू

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:oo:oo

 उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडकखण्डअन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा सडक बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहीबार बसेको बैठकले राष्ट्रिय गौरवको उत्तर/दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय गरेको हो ।

२०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर पडामा सडक बिस्तार र सडक स्तरोन्नतिको काम गर्न समयतालिका बनाइएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । उनका अनुसार महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवं स्तरोन्नति गर्नका लागि समय तालिका बनाइएको हो । 

वि.सं. २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छवटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत छ । महभिर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्रे गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो । मजदुर र एक्साभेटरलगायत उपकरण परिचालन गरेर सडक निर्माण र स्तरोन्नतिलाई तीव्रता दिने तयारी गरिएको जनाइएको छ । 
 

ad
ad