१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ जेठ १ मंगलबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मध्यबिन्दु अस्पतालका २५ कर्मचारीमा कोरोना संक्रमण, पिसिआरसहित ओपिडी सेवा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:४७:oo

पूर्वी नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा कार्यरतमध्ये एकचौथाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। मध्यबिन्दु जिल्ला अस्पताल डन्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका एक सय कर्मचारीमध्ये २५ जनामा कोरोना संक्रमण देखिएको हो।

एकचौथाइ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपिडी सेवा र पिसिआर परीक्षण सेवा बन्द भएको सुवेदीले जानकारी दिए। अस्पतालमा इमर्जेन्सी सेवा र एन्टिजेन विधिबाट कोरोना परीक्षण भने भइरहेको छ।

अस्पतालको पिसिआर परीक्षण शाखाका कर्मचारीहरू संक्रमित भएकाले पिसिआर सेवा बन्द गरिएको हो। पिसिआर सेवा बन्द भएपछि स्वाब परीक्षणमा जटिलता थपिएको छ।

ad
ad