मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ५ बुधबार २०:१९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ५ बुधबार २०:१९:००

नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ। 

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए।

उनका अनुसार मूल्यवृद्धिपछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ।