मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ५ बुधबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारको धर्ना स्थगित, आन्दोलनको स्वरूप फेरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ५ बुधबार १८:५५:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसाेसिएसनले धर्ना कार्यक्रमलाई स्थगित गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि सोही अवस्थालाई ध्यानमा राख्दै धर्ना कार्यक्रम रोकेको बारले बुधबार विज्ञप्ति जारी गरी जनाएको छ ।

बारका महासचिव लिलामणि पौडेलद्वारा हस्ताक्षतिर विज्ञप्तिमा स्वरूप परिवर्तन गरेर आन्दोलन भने जारी राख्ने जनाइएको छ । अब बारको आन्दोलन भर्चुअल र कार्यक्रम अन्तर्क्रियात्मक हुने बारको भनाइ छ ।