मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Saturday, 12 July, 2025
२o७८ माघ ५ बुधबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढाडमा डेढ सय टाँका लगाएका विशालको परिवारले मागे आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १७:११:oo

२८ वर्षीय विशाल पछाईको उपचारमा आर्थिक समस्या भएपछि  सहयोग गरिदिन परिवारले आग्रह गरेको छ। नवलपरासीको गैँडाकोट– २ घर भई हाल भरतपुर– ६ गीतानगरनिवासी विष्णु क्षेत्रीको छोरा विशालको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको लागि अपिल गरेको हो।

गएको ११ कात्तिकमा कोठामा लडेका उनको ढाडमा ठूलो चोट लागेको छ। ‘कामबाट फर्किएर सुत्ने तर्खरमा थिएँ, उनले भने, ‘कोठाको ढोका लगाउने क्रममा लडेछु। रातभरि नै चिसो भुइँमा बेहोस भएका उनको भोलिपल्ट दिउँसो  १२ बजे घरबेटीले उठाएपछि बल्ल होस् खुलेको थियो। ‘झन्डै डेढ महिना भरतपुर अस्पतालमा उनको उपचार भयो,’आमा विष्णु क्षेत्रीले भनिन्, ‘ मेरुदण्डपछाडि गहिरो चोट छ, डेढ सयवटा टाँका लगाएर पाँचचोटी तास्दै फाल्दा पनि सन्चो भएन। हात खुट्टा र नशा चलेका छैनन्। प्लास्टिक सर्जरी पनि गर्नुपर्छ भनिएको छ । पहिले नै चिकित्सकले काठमाडौं लगेर उपचार गर्नुपर्ने भनेको भए पनि आर्थिक अभावमा लैजान सकनौँ ।’  

 घाइते विशालको श्रीमती पनि गर्भवती छिन्। सुकुमवासी परिवारका उनीहरू अहिले कामको सिलसिलामा भरतपुर– ६, गीतानगरमा आएका हुन्। उनकी आमाले स्थानीय  काठमिलमा काम गर्ने मिस्त्रीहरूलाई खाना पकाउने र ख्वाउने काम गर्छिन्। यसअघि सेनेटरीको काम गर्ने विशाल अहिले आमसँगै छन् । 
यसअघि  उनले वैदेशिक रोजगारीको क्रममा साउदीमा पाँच वर्ष बिताए। गत मंसिरमा मात्र नेपाल फर्किएर सेनेटरीको काम गर्न थालेका थिए।