सरकारले पिसिआर परीक्षण शुल्क घटायो, अब सरकारीमा ८०० र निजीमा १,५०० शुल्क लाग्ने

बुधबार, ५ माघ, २०७८
डिजिटल संस्करण

कोरोना परीक्षण गर्दा लाग्ने शुल्क सरकारले घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा ८ सय शुल्क तोकेको छ। त्यस्तै लक्षण भएका बिरामीले भने निःशुल्क कोरोना परीक्षण गराउन सक्नेछन्। मन्त्रालयले निजी प्रयोगशालाहरूबाट गरिने पिसिआर परीक्षण मूल्य पनि घटाएको छ।

अब १ हजार पाँच सय शुल्क तिरेर निजीमा पिसिआर परीक्षण गराउन सकिनेछ। यसअघि पिसिआर गर्दा सरकारीमा एक हजार र निजीमा दुई हजार शुल्क तिर्नुपर्दथ्यो।

सुझावित समाचार