१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सोनी राई
२o८१ जेठ १ मंगलबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सोलुखुम्बुमा छिमेकीको हत्या आरोपमा एकजना पक्राउ

Read Time : < 1 मिनेट
सोनी राई
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:oo:oo

सोलुखुम्बुमा छिमेकीको हत्या आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको माप्य दूधकोसी गाउँपालिका– १ का दानु शेर्पाको हत्या आरोपमा सोही ठाउँका वर्ष ४५ का वाङ्दी शेर्पालाई पक्राउ गरिएको हो । 

वाङ्दीले गएराति करिब १२ बजेको समयमा दाउराले टाउकोमा प्रहार गरी दानु शेर्पाको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीको टोलीले आरोपित वाङ्दी शेर्पालाई नियन्त्रणमा लिएको बताइएको छ । 

घटना के कारणले भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

ad
ad