१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३० शुक्रबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ३० शुक्रबार o६:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्रिकेट एक्सेलेन्स सेन्टरलाई बजाजको प्रायोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ३० शुक्रबार o६:१७:oo

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सेलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ । प्रायोजन सम्झौतासँगै क्रिकेट एक्सिलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुने भएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा बजाज पल्सरलाई नेपाली युवाहरूले गरेको माया र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको अवस्थालाई सम्मान गर्न पाएको अनुभव भएको बताए ।

तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको उनको भनाइ थियो । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैँ प्रवर्द्धन गर्दै आइरहेको र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत पुग्ने उनले बताए । 

क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो । यसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करिअरका लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको जनाइएको छ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।