१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/सिन्ह्वा ढाका
२०७८ पौष २८ बुधबार १९:१७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सोमालियामा कार बम विस्फोट, कम्तीमा १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा ढाका
२०७८ पौष २८ बुधबार १९:१७:००

सोमालियाको राजधानी मोगादिसुमा बुधबार भएकोआत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दशजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा अन्य नौजना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने, ‘एक आत्मघाती बम आक्रमणकारीले अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुन सक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’

मोगादिसुको ‘२१ अक्टुबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उनले बताए । वार्डेयरले घटनास्थलमा सञ्चारकर्मीसँग भने, ‘हामीलाई घटनाबारे अहिले थप जानकारी भएको छैन । आक्रमणको निशाना कसलाई बनाइएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएकोले यसबारे थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।’

घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीले केही गाडीहरू आगोले जलेकाे बताएकाे छ । उपगभर्नरले अल–साबाब आतंकवादीहरू यस आक्रमणको पछाडि रहेको बताए । प्रहरीले उनीहरूलाई पछ्याइरहेको छ र आक्रमणको उद्देश्य स्थापित गर्न पनि जाँच सुरु भएको छ । यसैबीच अल–साबाबले यस आक्रमणको लागि आफ्नो समूह जिम्मेवार भएको दाबी गरेको छ ।