१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
एसएसपी अशोक सिंह
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जुवाको चेक फिर्ता प्रकरण : एसएसपी सिंहमाथि डिआइजीको नेतृत्वमा छानबिन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५१:oo

जुवाखालमा ‘चोरी भएको चेक’ उजुरीकर्तालाई जानकारी नदिई आरोपी पक्षलाई फिर्ता गरेको विषयमा प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरीपरिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहमाथि छानबिन अघि बढाएको छ । डिआइजी राजेशलाल कर्ण नेतृत्वमा छानबिन समिति गठन गरी प्रधान कार्यालयले छानबिन सुरु गरेको हो । 

सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा उनका साथी सुभाष भेटवालले लिएका थिए । बरालले आफ्नो चेक चोरी भएको बताएका छन् । ती चेकमा भेटवालले आफैँ रकम भरेको उनको दाबी छ । 

घटनाको भोलिपल्टै बरालले चेक हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले भने चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ अनुसन्धान नगरी प्रहरीले आरोपी भेटवाललाई चेक फिर्ता दिएको थियो । सरुवा हुने दिनमा एसएसपी सिंहले भेटवाललाई चेक फिर्ता गरेपछि प्रहरी विवादमा फसेको हो । तत्कालीन एसएसपी सिंह र डिएसपी नरेन्द्र चन्दले आरोपीको पक्ष लिएका कारण पनि प्रहरी विवादमा परेको हो । 

पीडित बरालले दिएको उजुरीका आधारमा गृह मन्त्रालयले छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । सोही आधारमा छानबिन अघि बढेको हो । तर, छानबिनलाई समेत प्रभावित पार्न दबाब परेको स्रोत बताउँछ । डिआइजी कर्ण नेतृत्वको छानबिन समितिमा एक एसपी र एक डिएसपी सदस्य छन् । ‘जुवाको मुचुल्का भइसकेको अवस्थामा जुवा मुद्दा नचलाउनुले स्वतः प्रहरीको बद्नियत देखिन्छ,’ छानबिनमा आबद्ध एक अधिकारीले भने, ‘अर्काेतर्फ ती चेक रोक्का गर्न पहिले नै बैंकमा समेत उजुरी गइसकेको अवस्थामा प्रहरीले अनावश्यक चासो राखेको प्रस्टै देखियो ।’ सुरुमा आरोपीलाई चेक नै आफूसँग नभएको बताएका थिए भने पछि जुवामा जितेको बताएका थिए । प्रहरीले फिर्ता गरेपछि चेक बाउन्स गराउन उनी बैंक पुगेका थिए । 

ad
ad