१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी खोटाङले विकास योजनाको अनुगमन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:३३:oo

एकीकृत समाजवादी खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ। एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो।

यसका लागि विवरण संकलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिए। ‘अनुगमनमा पाइएका विवरण माघ– १५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन नगर वा गाउँपालिका कार्यसमितिलाई भनिएको छ,’ उनले भने, ‘योजनाको पारदर्शिताबारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ भन्नेसमेत पहिचान हुन्छ।’

अनुगमनका क्रममा बजेटको अंक, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, काम सम्पन्न भएको मात्रा, लाभान्वित घरधुरी संख्या, योजनादाता वा सम्बन्धित निकायको नामलगायतका विवरण संकलन गर्ने जनाइएको छ। टोल समितिको भेलाबाट प्रत्येक टोल वा बस्तीमा आवश्यकीय तत्कालीन र दीर्घकालीन योजना छनोट गरी वडासमितिमा पेस गर्ने, टोल समितिबाट पेस भएका योजना वडा समितिमार्फत गाउँ वा नगर समिति हुँदै जिल्ला समितिमा पेश गर्ने–गराउने निर्णय गरिएको जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिए। 

टोल वा बस्तीमा आकस्मिक रूपमा भैपरी आउने समस्या वा योजनाको हकमा परिस्थितिजन्य रूपमा सीधै सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउन सकिने एकीकृत समाजवादीले जनाएको छ। पार्टीले गर्ने अनुगमनले जिल्लामा सञ्चालित विकासे योजनाका काम प्रभावकारी हुने अपेक्षा गरिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज चाम्लिङले बताए।

ad
ad