१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २३ पुसदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१७:oo

सातौँ नेपाल उड इन्टरनेसनल एक्स्पो २३ देखि २५ पुसमा काठमाडौंमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा नोपल उड इन्टरनेसनल एक्स्पो तथा नेपाल इन्टरनेसनल फर्निचर एन्ड होम डेकोर एक्स्पो सातौँ वर्षमा आयोजना गर्न लागेका हुन् । 

प्रदर्शनीमा विभिन्न देशका एक सयभन्दा बढी ब्रान्डका स्टल रहने जनाइएको छ । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र विक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी गराउनका लागि प्रदर्शनी ६ वर्षदेखि कोसेढुंगा साबित हुँदै आएको आयोजकको दाबी छ । 

प्रदर्शनीमा काठका विभिन्न काम गर्ने मेसिन, पावरटुल, प्लाइउड, झ्यालढोका फिटिङ, कच्चा पदार्थ, घरको आन्तरिक सजावटका सामानलगायतका वस्तु राखिने आयोजकले जनाएका छन् । संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्यलक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगमा प्रयोग गराउन एउटा पहलका रूपमा प्रदर्शनीलाई लिएको जनाइएको छ । 

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकले विश्वास व्यक्त गरेका छन् । घर बनाउन चाहने व्यक्ति , आमनागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स तथा इन्टेरियर डिजाइनरका लागि प्रदर्शनी उपयोगी हुने जनाइएको छ । 

ad
ad