भरतपुर महानगरपालिकाले चितवनका पत्रकारलाई २० लाख अनुदान उपलब्ध गराउने भएको छ ।
दशौँ नगरसभाबाट ज्येष्ठ पत्रकार निवृत्तिभरणका लागि अक्षयकोष स्थापनार्थ नेपाल पत्रकार महासंघ चितवन शाखालाई २० लाख अनुदान उपलब्ध गराउने निर्णय गरेको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताइन् ।