मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Friday, 10 January, 2025
फाइल फोटो ।
नयाँ पत्रिका वासिङ्टन
२o७८ पौष २० मंगलबार १७:५o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा एकै दिन थपिए १० लाख बढी कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १७:५o:oo

संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन १० लाखभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ संक्रमण पुष्टि भएको हो, जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो।

कोभिड–१९ को नयाँ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत चार लाख १८ हजार पुगेको छ। यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभावित गरेको छ। यसबाट श्रमिकको अभाव, हजारौँ उडान रद्द र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन्। रासस/सिन्ह्वा