मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नवीन गुरुङ संखुवासभा
२०७८ पौष १८ आइतबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा आगलागीमा परी एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ पौष १८ आइतबार १२:२५:००

संखुवासभाको भोटखोला गाउँपालिका– ५ लुङसुङस्थित एक कटेरोमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २३ वर्षीय पंखामान राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए।

मृतक पंखामानसँगै उनका साथीहरू धीरजमान राई, कमल राई, सूर्य राई र सञ्जीव राई गरी पाँजनाको समूह काठ काट्न जंगल गएका थिए। पंखामानलाई कटेरोमा छोडेर चारजना खाद्यान्न लिनका लागि गाउँतर्फ गएको अवस्थामा कटेरोमा आगलागी भएको र उनीहरू फर्किँदा पंखामानको जलेर मृत्यु भएको अवस्थामा भेटिएको प्रारम्भिक जानकारी आएको डिएसपी सुवेदीले बताए। मृतकको कम्मरदेखि माथिको भाग पूरै जलेको छ।

आगलागी भएर मृत्यु भएको जानकारी आउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको छ। घटनास्थल दुर्गम क्षेत्र भएको र टेलिफोन सम्पर्कसमेत हुन नसकेकाले विस्तृत जानकारी आउन बाँकी रहेको सुवेदीको भनाइ छ। घटनास्थल सदरमुकाम खाँदबारीदेखि उत्तरी क्षेत्रमा रहेको गोलबजारसम्म गाडीमा गई त्यहाँबाट एक दिनको दूरीमा पर्छ।