१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार २o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी महाधिवेशन : लेखनाथ न्यौपानेले राखेको फरक मत प्रतिवेदनमा समेटिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २o:४४:oo

नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आएका सुझाबमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको फरक मत समावेश नभएको बताइएको छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक प्रतिवेदनमा आएका सकारात्मक सुझाबहरूलाई अध्यक्ष प्रचण्डले स्वीकार गरेको बताए । केन्द्रीय कमिटी सदस्य लेखनाथ न्यौपानेले राखेको फरक मत भने प्रतिवेदनमा समावेश गर्न नसकिने भएकाले त्यसबारेमा बहस गर्दै जाने प्रवक्ता महराले बताए । बन्दसत्रले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

शुक्रबारको बन्दसत्रमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा परीक्षण आयोगले आ–आफ्नो प्रतिवेदन पनि पेस गरेका थिए । शनिबार बिहान ११ बजे पुनः महाधिवेशनको बाँकी कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

ad
ad