मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १६ शुक्रबार १७:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको प्रस्ताव : निर्वाचनपछि विशेष महाधिवेशन(भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १७:५६:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्। महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समूहगत छलफलबाट आएका सुझाब र जिज्ञासामाथि जवाफ दिने क्रममा उनले उक्त प्रस्ताव गरेका हुन्। 

प्रचण्डले दस्ताबेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको बताए। पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशनसमक्ष राखेका हुन्। 

स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पूरक प्रस्तावलाई स्वीकार गरेर दस्ताबेजमा समावेश गर्ने र लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकै रूपमा स्विकारेको बताए। समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षहरूलाई दस्ताबेजमा समेट्ने जानकारी गराए। प्रचण्डले आयोजक तथा प्रतिनिधिबाट प्राप्त सुझाब समावेश गरी दस्ताबेज आवश्यक परिमार्जन गर्ने प्रतिबद्धतासहित उक्त दस्ताबेज पारित गरिदिन आग्रह गरेपछि हलबाट दस्ताबेज पारित भएको छ। 

बन्दसत्र शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाब र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको छ।