१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२८ संस्थाले लिए पाँच अर्ब ६० करोड पुनर्कर्जा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२३:oo

पर्यटन क्षेत्रमा करिब ५२ प्रतिशत, जलविद्युत्मा करिब २० प्रतिशत र उत्पादनमूलक क्षेत्रमा करिब १७ प्रतिशत पुनर्कर्जा स्वीकृत भएको हो । बाँकी लगानी शिक्षा, यातायात, अस्पताल र कपडा व्यवसायमा गएको छ । 

चालू आवको पाँच महिनामा २८ संस्थाले पाँच अर्ब ६० करोड रुपैयाँ पुनर्कर्जा लिएका छन् । बैंकले ग्राहकअनुसार मूल्यांकन गरेर अधिकतम २० करोडसम्म कर्जा दिन सक्ने विशेष र साधारण पुनर्कर्जा सुविधाअन्तर्गत यस्तो कर्जा प्रवाह भएको हो । 

यसरी कर्जा लिनेमा होटेल र हाइड्रोपावर कम्पनीहरूको संख्या उच्च छ । याक एन्ड यतीदेखि समिटलगायतका ११ होटेल र नौ जलविद्युत् कम्पनीले यस्तो कर्जा सुविधा लिएका हुन् । यो अवधिमा ग्राहक ऋणीअनुसार भने कुल ११ अर्ब ८४ करोड कर्जा लगानी राष्ट्र बैंकले स्वीकृत गरेको छ । यो अवधिमा पर्यटन क्षेत्रमा करिब ५२ प्रतिशत, जलविद्युत्मा करिब २० प्रतिशत र उत्पादनमूलक क्षेत्रमा करिब १७ प्रतिशत पुनर्कर्जा स्वीकृत भएको हो । बाँकी लगानी शिक्षा, यातायात, अस्पताल र कपडा व्यवसायमा गएको छ । 

विशेष पुनर्कर्जाअन्तर्गत दुई अर्ब ४५ करोड र साधारण पुनर्कर्जाअन्तर्गत नौ अर्ब ३८ करोड रुपैयाँ लगानी भएको हो । विशेष पुनर्कर्जा दिँदा राष्ट्र बैंकले १ प्रतिशत ब्याजदर लिन्छ भने बैंकले ग्राहकहरूलाई ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् । साधारण पुनर्कर्जामा राष्ट्र बैंकले ३ प्रतिशत लिन्छ भने बैंकहरूले सो पुँजी लगानी गरेर ५ प्रतिशतसम्म ब्याजदर लिन्छन् । 

कोभिडले समस्याग्रस्त बनेको पर्यटनलगायतका क्षेत्रको उत्थानका लागि राष्ट्र बैंकले गत आव ०७७÷७८ मा पुनर्कर्जा कोषको रहेको रकमको पाँच गुणासम्म लगानी गर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले चालू आवमा मात्रै करिब एक खर्बभन्दा केही बढी रकम पुनर्कर्जा लगानी गर्ने बताएको छ । 

राष्ट्र बैंकले यही महिनाभित्र थप ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गर्ने उल्लेख गरेको छ । गत आवभरिमा ४८ हजार आठ सय ९० ऋणीलाई एक खर्ब ४८ अर्ब रुपैयाँ पुनर्कर्जा जारी गरिएको थियो । 

कात्तिकसम्ममा भने एक खर्ब २० अर्ब रुपैयाँ लगानीमा रहेको छ । पुनर्कर्जा कोषको १० प्रतिशतबराबर रकम राष्ट्र बैंकले लघुवित्तमार्फत लगानी गर्ने व्यवस्था छ । गत आवमा करिब २५ अर्ब रुपैयाँ लगानी भए पनि कात्तिकसम्म लघुवित्तमार्फत पुनर्कर्जा लगानी भएको देखिँदैन । पुनर्कर्जाको अवधि एक वर्षसम्म हुने व्यवस्था छ ।

२० करोड कर्जा लिने संस्था

 

ad
ad