Skip This
ad
मेलम्ची पुनर्निर्माणको जिम्मा पनि सिनोहाइड्रोलाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १o:४७:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्ची पुनर्निर्माणको जिम्मा पनि सिनोहाइड्रोलाई

मेलम्ची आयोजनासम्म पुग्ने २१ किमि अस्थायी सडक निर्माण सम्पन्न, वैशाखमा मेलम्चीको पानी ल्याउने तयारी

Read Time : > 4 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:४७:oo

बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको जिम्मा पनि चाइनिज कम्पनी सिनोहाइड्रोले नै पाएको छ । मेलम्चीको पानी काठमाडौं ल्याउन मेलम्ची खानेपानी विकास समिति र सडक विभागले संयुक्त रूपमा कार्ययोजना बनाएका थिए । तर, पहिले बनाइएको कार्ययोजना संशोधन गरी पुनर्निर्माणको जिम्मा चाइनिज कम्पनीलाई दिइएको हो ।
कार्ययोजनाअनुसार अस्थायी रूपमा पानी ल्याउने जिम्मेवारी भने मेलम्ची खानेपानी विकास समिति र हेलम्बु गाउँपालिकाको हो । ‘हेडवक्र्समा कार्यरत कम्पनीले नै काम गर्दा छिटो हुने भएकाले चाइनिज कम्पनीलाई नै पुनर्निर्माणको जिम्मा दिने गरी कार्ययोजना संशोधन गरिएको छ । कार्ययोजना पारित भएपछि उसैले काम गर्ने हो,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने । 

मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाले मेलम्ची बजारदेखि आयोजनाको हेडवक्र्ससम्मको करिब २१ किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो । हेलम्बु गाउँपालिकासँग समन्वय गरेर सडक निर्माण गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । बाढीले ६ वटा पक्की पुल बगाएको थियो । अस्थायी रूपमा सबै पुल बनाइएको छ । ‘मेलम्ची बजारदेखि खोलैखोलाको अस्थायी सडक २१ किलोमिटर निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाले खोलामा रहेका ठूला ढुंगा हटाउँदै सडक निर्माण गरेको हो । सडक निर्माण भएकाले अब छिटै आयोजनाको काम अगाडि बढाउँछौँ,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने । 

 मेलम्चीको पानी बैशाखमा ल्याउने गृहकार्य गरिरहेका छौँं
 उमाकान्त चौधरी, मन्त्री, खानेपानी

खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन गृहकार्य भइरहेको बताएका छन् । ‘काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउन चाँडोभन्दा चाँडो काम गर्न गृहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मेरै कार्यकालमा राजधानीवासीलाई मेलम्चीको पानी खुवाउँछु ।’ कर्मचारीको सहयोगमा काठमाडौंवासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै आफूहरूले बनाएको नियम,कानुन र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको मन्त्री चौधरीको भनाइ छ ।

समितिले हाल नदीसँगै बालुवा, गिटी पनि सफा हुँदै गएकाले वैशाखमा पानी ल्याउन कुनै समस्या नरहेको दाबी गरेको छ । गत १ असार र १५ साउनको बाढीपहिरोले सिन्धुपाल्चोकको किउल, शेर्माथाङ, तिम्बु, सार्केथली, अम्बाथान, चनौटे, मेलम्ची, पाल्चोक, ग्याल्थुम, तालामाराङ, सिपाघाटलगायत क्षेत्रमा असर गरेको थियो । असारमा मेलम्ची नदीमा बाढी आएसँगै आयोजनाको भौतिक संरचनामा असर पुगेकाले उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाएका छैनन् ।

गाउँपालिकाले करिब २१ किलोमिटर सडक निर्माण तीन करोड रुपैयाँ लागतमा बनाएको थियो । अस्थायी सडक निर्माणका लागि डेढ करोड रुपैयाँ समितिले पठाएको भनिए पनि त्यस्तो आर्थिक सहयोग नभएको गाउँपालिकाले जनाएको छ । ‘बर्खाभन्दा अगाडिका लागि हामीले बगरैबगर बाटो निर्माण गरेका हौँ । अस्थायी बाटो निर्माण गर्ने क्रममा हामीले मेलम्ची खानेपानी आयोजनाभन्दा माथिका गाउँसम्म मोटर जाने गरी बाटो निर्माण र ६ वटा अस्थायी पुल पनि निर्माण गरिसकेका छौँ,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘हामीले अहिलेसम्म अस्थायी बाटो निर्माणदेखि अस्थायी घर निर्माणसम्मका लागि गाउँपालिकाकै लगानीमा गरेका छौँ । यसका लागि केन्द्र, प्रदेश, समिति कसैको पनि सहयोग छैन ।’

अस्थायी रूपमा पानी ल्याउन समिति र गाउँपालिकालाई जिम्मा
पहिले बनाइएको कार्ययोजनाअनुसार हेडवक्र्स क्षेत्रको सफाइ, अस्थायी क्याम्प बनाउने जिम्मेवारी समितिको थियो । सडक विभागले बाटो खोल्ने र पुल निर्माणको काम गर्ने, अस्थायी पुलका लागि आवश्यक पर्ने सामग्री विभागले उपलब्ध गराउने र नेपाली सेनाले जडानको काम गर्ने, सेनाले नै हेडवक्र्ससम्म ठुल्ठूला ढुंगा हटाउन आवश्यक पर्ने भएमा विस्फोटक पदार्थ प्रयोग गरेर काम गर्ने उल्लेख छ । 

नदी नियन्त्रणका केही काम गर्नुपर्ने अवस्था भएमा त्यो काम सिँचाइ विभागले गर्ने भन्ने थियो । तर, अहिले त्यो कार्ययोजनामा संशोधन भएको छ । हालको कार्ययोजनाअनुसार समितिले अस्थायी रूपमा एक अर्ब ५१ करोड रुपैयाँ लागतमा पानी ल्याउने भएको छ, जुन रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने सहमति भइसकेको छ । अस्थायी रूपमा बाटो निर्माण गर्न र नदीजन्य पदार्थ व्यवस्थापनका लागि हेलम्बु गाउँपालिकाले सहयोग गर्नेछ ।

राजेन्द्रप्रसाद पन्त, प्रवक्ता,
मेलम्ची खानेपानी विकास समिति

हेडवक्र्समा कार्यरत कम्पनीले नै काम गर्दा छिटो हुने भएकाले चाइनिज कम्पनीलाई नै पुनर्निर्माणको जिम्मा दिने गरी कार्ययोजना संशोधन गरिएको छ । कार्ययोजना पारित भएपछि उसैले काम गर्ने हो ।

‘हेडवक्र्ससम्म पुग्न अस्थायी पुल, अस्थायी बाटो सडक विभागले गर्ने, त्यहाँसम्म बाटो पुगेपछि हेडवक्र्समा पुरिएका संरचनाको सफाइ गर्नुपरे र सुरुङ परीक्षणको बाँकी काम हामीले गर्ने भन्ने कार्ययोजनामा फेरबदल गरी समिति र गाउँपालिकाले मात्र अस्थायी रूपमा पानी ल्याउन काम गर्ने भएको छ । कार्ययोजना काम गर्न मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्बाट कार्ययोजना पारित हुनेबित्तिकै काम थालिहाल्छौँ,’ पन्तले भने, ‘पुनर्निर्माणका लागि मात्र सडक विभाग, सेना, सिँचाइ विभागलगायतले काम गर्नेछन् ।’ स्थायी रूपमा पानी ल्याउन एसियाली विकास बैंक (एडिबी)ले अध्ययन गरिरहेकाले उसकै प्रतिवेदनका आधारमा पुनर्निर्माणको काम सुरु हुनेछ । 

 बाढीले सुरुङ र ‘हेडवक्र्स’बाहेक अरू संरचनामा क्षति 
बाढीपहिरोका कारण आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवक्र्स’बाहेक अरू संरचनामा क्षति पुगेको छ । निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । बाढीका कारण वैकल्पिक पथान्तरण प्रणाली (हेडवक्र्स डाइभर्सन सुरुङ) थुनिएको छ । मेलम्ची बजारदेखि हेडवक्र्स क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये आठ किमि सडक पूर्ण रूपमा क्षति भएको, यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति भएको छ । त्यहाँसम्म पुग्ने मुख्य दुईवटा र अर्को एक र चार गरी ६ वटा पक्की पुल पनि बगाएको छ । पहिरोले आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको छ ।

उपत्यकावासीले २२ वर्षको प्रतीक्षापछि गत १५ चैतदेखि मेलम्चीको पानी प्रयोग गर्न पाएका थिए । मेलम्चीको पानी आएपछि राजधानीवासीले पानीको समस्याबाट केही भए पनि राहतको अनुभूति गर्न पाए । तर, पानी वितरणको तीन महिना नपुग्दै असार पहिलो साता मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा भएको क्षतिले मेलम्ची आयोजना फेरि अनिश्चित भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाढीका कारण अर्बौंको क्षति पुगेको जनाएको छ । आयोजना निर्माण पूरा भएपछि १७ करोड लिटर पानी उपत्यकासम्म आइपुगेको थियो । उपत्यकामा मेलम्ची आएको तीन महिना पूरा नहुँदै बाढीका कारण आयोजनास्थलमा क्षति पुग्दा सहज तरिकाले पानी खाने उपत्यकावासीको सपना सपनामै सीमित भएको हो ।

 इटालियन ठेकेदार कम्पनीले  हात झिकेपछि सिनोहाइड्रो ‘इन्ट्री’ 
२९ मंसिर ०७५ मा इटालियन कम्पनी सिएमसीले मेलम्ची आयोजनाबाट हात झिकेपछि ६  जेठ ०७६ को मन्त्रिपरिषद् बैठकले बाँकी काम अगाडि बढाउने निर्णय गर्दै चिनियाँ कम्पनी सिनोहाइड्रोलाई जिम्मा दिएको थियो । आयोजना र निर्माण कम्पनीबीच असोज दोस्रो साता काम अघि बढाउन द्विपक्षीय सम्झौता भएको थियो । सिनोहाइड्रोले आयोजनाको सबैभन्दा माथिल्लो भागमा निर्माण हुने संरचना हेडवक्र्स र सुरुङमार्ग फिनिसिङ गरी दुईवटा ठेक्का पाएको थियो ।

निर्माण सुरु गरेको १२ महिनामा सुरुङमार्ग फिनिसिङ र १५ महिना हेडवक्र्स तयार पार्नुपर्ने सम्झौता भएको थियो । फिनिसिङको ठेक्कामा १२ सय मिटर सुरुङमार्गलाई फाइनल टच दिने, आयोजनाले पहिचान गरेका सुरुङमार्गको ६/७ स्थानमा रेट्रोफिट गर्ने, सुरुङमार्गको मुखदेखि ट्रिटमेन्ट प्लान्टसम्म पाइप राख्ने काम छन् । दोस्रो ठेक्कामा मुख्य र सहायक गरी दुईवटा हेडवक्र्स निर्माण गर्नुपर्ने थियो । ओपन कट गरेर छाडिएका कारण जमिनमाथि बन्ने सबै संरचना तयार पार्नुपर्ने, बालुवा छान्न प्रयोग हुने डिसेल्टिङ मेसिन राख्ने संरचना तयार पार्नुपर्ने थियो । बाढीका कारण आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवक्र्स’ बाहेक अरू संरचनामा क्षति पुगेको थियो ।

 मेलम्चीको पानी बैशाखमा ल्याउने गृहकार्य गरिरहेका छौँं
उमाकान्त चौधरी, मन्त्री, खानेपानी

खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन गृहकार्य भइरहेको बताएका छन् । ‘काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउन चाँडोभन्दा चाँडो काम गर्न गृहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मेरै कार्यकालमा राजधानीवासीलाई मेलम्चीको पानी खुवाउँछु ।’ कर्मचारीको सहयोगमा काठमाडौंवासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै आफूहरूले बनाएको नियम,कानुन र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको मन्त्री चौधरीको भनाइ छ ।

ad
ad