१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘टान’को अध्यक्षमा बास्तोलाले उम्मेदवारी दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३o:oo

पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी नीलहरि बास्तोलाले उम्मेदवारी दिने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका बास्तोलाले आगामी माघ २८ गते हुने टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बास्तोलाको एसियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटेल, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । उनले एसियन हेरिटेज फाउन्डेसन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्यसमेत गर्दै आएका हुन् । 

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बास्तोला सन् २००२ मा टानको साधारण सदस्य बनेका थिए । सोलुखुम्बु घर भएका उनले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन् ।  बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए । 

ad
ad