मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष १२ सोमबार १४:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रानीपोखरी सरसफाइमा सक्रिय अभियन्ताहरू

Read Time : < 1 मिनेट
२०७८ पौष १२ सोमबार १४:३२:००

विश्व सरसफाइ अभियन्ताहरूले एकमहिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन्। ४ पुसदेखि ४ माघसम्म अभियन्ताहरूले एकमहिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन्।

रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीनपटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए। ०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिए पनि त्यसअनुसारको काम नभएको भन्दै उनले काठमाडौं उपत्यका सफाइ अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्रहरू सफा गर्न लागिएको बताए।

अभियन्ता मानवले बिहान ६ देखि ९ बजे, ११ देखि ४ बजेसम्म र राति ८ देखि ११ बजेसम्म गरी दिनमा तीनपटक फोहोर नगरौँ एकमहिने अभियान सुरु गरेको बताए। उनले काठमाडौं यति धेरै अव्यवस्थित र फोहोरी कसरी भयो भन्नेबारेमा छलफल गरेर सरसफाइका कार्यक्रमलाई अघि बढाउनुपर्ने उल्लेख गरे।